दफा १२
प्रतिष्ठानको कोष
: (१) प्रतिष्ठानको आफनो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त सहयोग, अनुदान वा ऋण ।
(ग) प्रतिष्ठानले उपलब्ध गराएको परामर्श, तालीम वा अन्य सेवा बापत प्राप्त रकम ।
(घ) स्वदेशी वा विदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त दान, दातव्य वा उपहार ।
(ङ) प्रतिष्ठानलाई अन्य कुनै श्रोतबाट प्राप्त रकम ।
(३) प्रतिष्ठानको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकमबाट ब्यहोरिनेछ ।
(४) प्रतिष्ठानको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।